दफा
विशेष अदालतको गठन
(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी खास किसिमका मुद्दाको कारबाही र किनारा छिटो, छरितो तथा प्रभावकारी ढङ्गले गराउन न्याय परिषद्को परामर्शमा आवश्यक सदस्य रहेको विशेष अदालतको गठन गर्न सक्नेछ ।
(१क) उपदफा (१) बमोजिम विशेष अदालत गठन गर्दा तीनभन्दा बढी सदस्य रहेको विशेष अदालत गठन गरिएकोमा प्रत्येक इजलासमा तीन सदस्य रहने गरी इजलास कायम गरिनेछ ।
(२) उपदफा (१) बमोजिम गठन भएको विशेष अदालतको अध्यक्ष र सदस्यमा नेपाल सरकारले न्याय परिषद्को परामर्शमा पुनरावेदन अदालतका न्यायाधीशहरू मध्येबाट तोक्नेछ ।
(३) उपदफा (१) बमोजिम विशेष अदालतको गठन गर्दा नेपाल सरकारले त्यस्तो विशेष अदालतको प्रादेशिक क्षेत्राधिकार र मुकाम समेत तोक्नु पर्नेछ ।
(४) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी विशेष अदालतको मुकाम रहेको ठाउँ बाहेक अन्य ठाउँमा पनि सोही सूचनामा तोकिएको अवधिको लागि इजलाश कायम गर्ने गरी मुकाम तोक्न सक्नेछ ।